हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले सो कार्यका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *