काठमाडाैं। आज साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को विन्दुमा कायम भएको छ ।
आज ३१९ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ४३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.९० प्रतिशतका दरले गुमाएका हुन् ।






