काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा पाँच रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहनेछ ।







