वैशाखभित्र बजेट सुझाव उपलब्ध गराउन अर्थ मन्त्रालयकाे आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि सुझाव मागेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारको अगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउने काम प्रारम्भ भएको छ ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा सम्बन्धित निकाय र क्षेत्रबाट सुझाव दिन अर्थ मन्त्रालयले आग्रह गरेको छ ।

अर्थले आगामी बजेट निर्माणका लागि दिने यस्तो सुझाव २०८२ को वैशाख मसान्तभित्र उपलब्ध समेत आग्रह गरेको छ ।

सुझावहरु अर्थ मन्त्रालयको वेवसाइट mof.gov.np मा रहेको बजेट सुझाव मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने जानकारी पनि अर्थ मन्त्रालयले दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *