वाइ वाइको नयाँ स्वाद- हट एण्ड स्पाइसी नुडल्स बजारमा

काठमाडाैं । नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स नेपाली बजारमा ल्याएको छ। केवल ५० मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको हो।

विगत चार दशकदेखि वाइ वाइले नेपालमा मात्र नभई, विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिंदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको छ।

हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ । यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

वाइ वाइले हालसालै ‘स्पाइसवर्स टिकटक चुनौती’नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले बताए।

वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ। यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताहरूको चाहनालाई समेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन्।

‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ – कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन्। हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं। हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ,’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *