तीनकुने घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई भाटभटेनीको सहयोग

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ ।

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी मंगलबार बिहान चेक हस्तान्तरण गरेका हुन् । तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई जना युवाको मृत्यु भएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पुर्‍याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए ।

त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *