काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३० विन्दुले घटेको छ । यससँगै सूचक २७०२.०९ अंकमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।







