भृकुटीमण्डपमा आमसभा गर्न राप्रपालाई प्रशासनले लगायो रोक

प्रशासनले चैत २६ गते तय गरिएको आमसभाका लागि राप्रपाले इमेलमार्फत चैत २२ गते अनुमति मागेको थियो। तर, भृकुटीमण्डप क्षेत्रमा पहिले नै शिक्षक आन्दोलन र राष्ट्रिय जनमोर्चाको कार्यक्रम जस्ता गतिविधिहरू तय भइसकेकाले सुरक्षा संवेदनशीलता बढेको भन्दै प्रशासनले उक्त स्थान उपयुक्त नरहेको निष्कर्ष निकालेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रशासनले सिफल चौर वा बल्खु क्षेत्रलाई वैकल्पिक स्थानका रूपमा प्रस्ताव गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनको हस्ताक्षर रहेको पत्रमा राप्रपाको प्रस्तावित कार्यक्रम सुरक्षित रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले स्थान परिवर्तन गर्न सुझाव दिइएको उल्लेख  गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *