काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ७०० सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, सोमबार चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको १८ सय रुपैयाँ रहेको थियो ।







