काठमाडाैं । सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२४ को मार्चको तुलनामा यसपालि पर्यटक आगमनको संख्या कम देखिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतबाट सबैभन्दा धेरै २१ हजार चार सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
त्यस्तै, चीनबाट ११ हजार ४ सय ४३, अमेरिकाबाट ११ हजार ९२ र श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
अघिल्लो वर्ष मार्च महिनामा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
Artha Sanjal






