शिक्षा ऐन जारी गर्न दबाब दिँदै काठमाडौंमा शिक्षकहरूको प्रदर्शन (तस्वीरहरू)

खकेन्द्र ब. बुढा काठमाडौं। विद्यालय शिक्षा विधेयकमा आफ्ना माग समेट्नुपर्ने भन्दै आन्दोलनरत शिक्षकहरूले आज काठमाडौंमा विशाल र्‍याली निकालेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा निकालिएको उक्त र्‍याली विभिन्न स्थानबाट सुरु भई माइतीघर मण्डलामा पुगेर संयुक्त भेलामा परिणत भएको छ।

शिक्षक महासंघका अनुसार आजको प्रदर्शनमा करिब डेढ लाख शिक्षक सहभागी भएका छन्। महासंघले आन्दोलनलाई शान्तिपूर्ण बनाउनका लागि ८०० स्वयंसेवक परिचालन गरिएको जनाएको छ। शिक्षकहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकलाई यसअघि भएका सहमतिको आधारमा पारित गराउन दवाव दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ। महासंघका नेताहरूले विधेयकले सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू सम्बोधन गर्नुपर्ने बताएका छन्।

यसअघि पनि शिक्षकहरूले आफ्ना माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए। सरकारले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइए पनि शिक्षकहरू भने अझ ठोस निर्णयको प्रतीक्षामा रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *