सेयर बजारमा २५.३१ अंकको बृद्धि हुँदा ५ अर्ब ४४ करोडमाथिको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ को विन्दुमा कायम भएको छ ।

आज ३१८ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भउको छ ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ६.८३ प्रतिशतका दरले कमाएका छन् । न्यादीका लगानीकर्ताले ६.६० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *