हिजो राजा समर्थक समूहले नवराज सुवेदीको संयोजकत्वमा गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानाका ८ वटा पत्रहरु काटेको छ ।
महानगरले जरिवाना आयोजकलाई तिराउनुपर्नेमा स्टन्ड देखाउकै लागि राजाका नाममा पत्र काटेर लोकपृयता बटुल्न खोजेको भन्दै मेयर शाहको नियतमाथि नै प्रश्न गरिरहेका छन्।
महानगरले हिजो नै काठमाडौंमा कार्यक्रम गरेको प्रचण्ड नेतृत्वको समाजवादी मोर्चालाई भने कुनै जरिवाना गराएको छैन। तर राजा समर्थकको प्रदर्शनमा राजालाई जरिवाना पत्र काटेकाले माओवादीको प्रदर्शनमा अब ‘मार्क्स र लेनिनलाई पत्र काट्नु’ भन्दै सामाजिक संजालमा मेयर बालेनको खिल्ली उँडाईरहेका छन् ।







