ग्लोबल आईएमई बैंकको ८ करोड रुपैयाँ डुब्ने जोखिममा: एनबी समूह माथि ‘ट्रिपल फाईनान्सिङ्ग’

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका निक्षेपकर्ताको ८ करोड रुपैयाँ जोखिममा परेको छ। बैंकबाट दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा. लिका नाममा नियमविपरित प्रवाह भएको ८ करोड रुपैयाँ कर्जा जोखिममा परेको हो।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र तत्कालिन सीईओ रत्नराज बज्राचार्यकै मिलेमतोमा विवादस्पद इतिहास भएको एनबी समूहको कम्पनीमा नियमविपरित कर्जा प्रवाह भएकोले उक्त एसएमई कर्जा डुब्ने अवस्था पुगेको हो। एक त आदलतमा मुद्दा विचाराधीन ,  धितो देखाईएको जग्गा अर्कै बैंकको नाममा बन्धक त्यसमाथि पनि  कम्पनीको कारोबार सून्य भएको र कर समेत नारिरेको नेटवर्थ नेगेटिभ भएको कम्पनीमाथि ग्लोबल आईएमइ बैंकले किन लगानी गर्यो भन्ने बिषय आँफैमा संकास्पद देखिन्छ ।

उक्त समूहमाथि नियमविपरीत प्रवाह गरिएको कर्जा फिर्ता हुने कुनै आधार छैन तर संचालक तथा उच्च व्यवस्थापनकै आडमा एलबी समूहले बैंकको ठूलो रकम दुरुपयोग गरिरहेका छन्।

दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा. लिले ग्लोबल आईएमई बैंकबाट लिएको ८ करोड रुपैयाँ कर्जाको लागि राखिएको धितोमै छेडछाड गरेको पाईएको छ। अर्थसंजाल डटकमलाई प्राप्त प्रमाणअनुसार दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा. लि. ले एसएमई अन्तर्गत रकम ८ करोड रुपैयाँ कर्जाका लागि राखिएको धितो साबिकको नेपाल केडिट एण्ड कमर्श बैंकअर्थात् हालको कुमारी बैंकबाट  सकार गरी तेश्रो पक्ष अर्थात् नवदर्गा डेभलपर्स प्रा.लि.का नाममा बिक्री भईसकेको जग्गा हो।

नवदर्गा डेभलपर्स प्रा.लि.ले सकार गर्नुअघि उक्त जग्गा डि एन एस इन्भेष्टमेन्ट प्रालिका नाममा कुमारी बैंकमा बन्धक रहेको थियो। ‘डि एन एस’ले कुमारी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेपछि बैकले  लिलामीमार्फत् तेस्रो पक्षलाई बिक्री गरी कर्जा अशुल गरिसकेको अवस्थामा डि एन एस प्रालिले अदालतमा मुद्दा दायर गरेर तेस्रो पक्षले खरिद गरिसकेको जग्गा  ६,८७,०५,५००/- ( ६ करोड सतासी साख पाँच हजार पाँच सय मात्र) रुपैयाँ अदालतमा धरौटी राखी पुन: आफनो नाममा नामसारी गरायो ।

डि एन एस प्रालिले जग्गा आफ्नो नाममा पारेको एक महिना बित्त्दानबित्दै अर्थात् मिति २०८१/०२/१७ मा पुन: ऋण लिने उदेश्यले सर्वोच्च अदालतमा नवदर्गा डेभलपर्स प्रा.लिले जिल्ला अदालतको निर्णय अन्यायपूर्ण भएकोले आँफूले कुमारी बैंकबाट सकार गरेको जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा विचाराधीन रहेको [मुद्दा नम्बर म.नं.०८०-२-२३८५१०८०-२-२६५५ ] अवस्थामा आदलतलाई समेत गलत सुचना दिइ दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा. लि. को नाममा ११,०१,००,०००/- ( एघार करोड एकहत्तर लाख मात्र) देखाएर बैंकिङ कारोबार समेत नगरी एक कम्पनीबाट अर्को कम्पनीका नाममा २०८१ साल जेठ १७ गते नामसारी गराई नामसारी गरेकै भोलिपल्टै अर्थात् २०८१ जेठ १८ गते नै  ग्लोबल आईएमई बैंकबाट सोहि जग्गा धितो राखी ८ करोड रुपैयाँ कर्जा लिएर दुरुपयोग गरेको पाईएको हो।

ग्लोबल आईएमई बैंकले लगानी गरेको साबिकको ठैव ७ (क), (हाल गोदावरी न.पा.) को कि.नं. ४८९४९५, ४९६ र ५०३ रहेका जग्गाहरु विवादित भई उक्त जग्गाको स्वामित्व कसको भन्ने बिषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा रहेको दोहोर्याइ पाँउमा निस्सा समेत प्राप्त भई मिति २०८०/०५/२४ मा मुद्दा न. ०८१-८-०३५१ दर्ता समेत भएको छ । साथै, मिति २०८१/११/२३ मा काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्धामा फैसला कार्यान्वयन अधिकारीबाट भएको आदेश आदेश बदर गर्ने निर्णय समेत भए‌कोले उक्त जग्गा साबिकको जग्गाधनी अर्थात् नवदुर्गा डेभलपर्स प्रा.लि. को नाममा नै फिर्ता हुने भएको छ ।

अब ग्लोबल आईएमई बैंकले दिएको उक्त ८ करोड रुपैयाँ कर्जाको लागि राखिएको भनिएको कर्जाको धितोको स्वामित्व नै बैंकका ऋणी दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा. लिसँग छैन। तसर्थ बैंकका ग्राहकको निक्षेप डुब्ने अवस्थामा छ।

एनबी समूहले कर्जा भुक्तानी नगरेपछि एनसीसी बैंकले धितो सम्पत्ति आफ्नो नाममा ल्याएको उक्त सम्पत्ति मर्जपछि कुमारी बैंकमा गएको थियो। सोहि जग्गा तेस्रो पक्षले खरिद गरिसकेपछि पुन: अदालतलाई समेत प्रभावमा पारी आफ्नै नाममा ल्याएको एक महिनामै आफ्नै समूहको दोलखा भिमसेन प्रालिमा नामसारी गरेको देखाई नामसारी भएको भोलिपल्टै ग्लोबल आईएमइ बैकबाट समेत ८ करोड कर्जा लिएको हो।

यसरी एनबी समूहको एउटै जग्गामाथि सुरुमा कुमारी बैंकको ८ करोड, लिलामीमार्फत बिक्री भईसकेको सोहि जग्गा राखेर प्रभुबैंकबाट ८ करोड त्यसपछि प्रभु बैंकमा बन्धक भएको सोहि जग्गा देखाएर ग्लोबल आईएमई बैंकबाट अर्को ८ करोड रुपैया कर्जा प्रवाह भएको छ।

एनबीस समूहको एउटै जग्गामा भएको लगानीमा कुमारी बैंकले बेचिसकेकाले बैंक सुरक्षित छ, प्रभु बैंकमा पनि धितो बन्धक राखेरै कर्जा प्रवाह गरिएकाले उक्त जग्गामा प्रवाह भएको कर्जामा जोखिम देखिदैन तर ग्लोबल आईएमइ बैंकले प्रभु बैंकमा बन्धक रहेकै जग्गामा कर्जा प्रवाह गरेकाले सो कर्जा डुब्ने खतरा भएको कानूनविद्हरु बताउँछन्।

बैंकका सीईओ सुरेन्द्र कुमार रेग्मीले एनबी समूहले धितो राखेको जग्गामाथि अर्कै बैंकहरुको लगानी छ भन्ने कुरा जानकारी नभएको बताए। उनले भने, ‘हामीलाई यस बिषयको जानकारी थिएन, अब हेरेर थप धितो माग्छौ तर कर्जा डुब्न दिन्नौँ ।’

नेपाल राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख रामु पौडेलले ग्लोबल आईएमई बैंकमा इन्स्पेक्सन चलिरहेको र यस सम्बन्धमा के भएको हो भन्ने कुरा अनुसन्धान भईरहेको बताएका छन्।

एनबी ग्रुपका अधिकांश सदस्यलाई बैंकिङ कसुरको मुद्दा लागिसकेको छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेपछि उनीहरु पटक-पटक कालोसूचिमा परिसकेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *