काठमाडौं । आज सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको सेयर किनबेच हुँदा ४ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको २२ करोड ९८लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमि नेपालका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७.२७ प्रतिशतका दरले गुमाएका छन् ।






