कांग्रेस बन्ने हाे? नयाँ क्रियाशील सदस्यता आवेदन फाराम खुला

काठमाडौं।नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रुपमा आवेदन फाराम भर्न खुला गरेको छ।

पार्टी महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

समिति बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार योग्यता पुगेका नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइटमार्फत सहज तथा सरल रुपमा आवेदन फाराम भर्न सकिने गरी खुला गरेको बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *