१ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ९२ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा १७ करोड २५ लाख तथा वित्त कम्पनीहरुमा ५ करोड ७५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

आगामी चैत १० गतेदेखि लागू हुनेगरी २०८२ चैत ९ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित चैत ५ गत गते बेलुका ७ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *