काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।
चैतमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६.०१ थियो ।
चैतमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।
वाणिज्य बैंकहरुको ब्याजदर:-
बैंकको नाम फागुन चैत्र
स्ट्याण्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
एनआईसी एशिया बैंक ६.६ ६.६
एनएमबि बैंक ६.६ ६.६
सानिमा बैंक ६.०५ ६.०५
प्रभु बैंक ६.१ ६.१
ग्लोबल आइएमई बैंक ६ ६
सिद्धार्थ बैंक ६ ६
माछापुच्छे बैंक ६ ६
प्राइम कमर्सियल बैंक ६.२५ ६.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
एभरेष्ट बैंक ६ ६
हिमालयन बैंक ६.२५ ५.५
नबिल बैंक ५.७५ ५.७५
लक्ष्मी सनराइज बैंक ५.५ ४.७५
कुमारी बैंक ५.८१ ५.८१
नेपाल एसबिआई बैंक ५.५ ५.५
कृषि विकास बैंक ५.५१ ५.५१
नेपाल बैंक ५.६ ५.५
राष्ट्रिय वाणिज्य बैंक ६ ६
औसत ६.०१ ५.९३






