खानेपानी कार्यालय कलैयाका तत्कालीन निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, डेढ करोड अवैध आर्जन गरेको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि आयोगले उनीमाथि भ्रष्टाचारको आरोप लगाएको हो ।

यादव सेवामा प्रवेश गरेको २०४७/०३/३१ देखि २०८०/०९/२९ सम्मको अवधिको उनको आयव्यय जाँच गरिएको थियो ।

यस अवधिमा उनको परिवारको कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रूपैयाँ देखिएको छ । तर, सोही अवधिमा यादवले जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख २ हजार ६२६ रूपैयाँ खर्च गरेका छन् ।

इन्जिनियर यादवले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत राखेको देखिएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *