आरआर क्याम्पसको स्ववियुमा उमेश लामाले गरे उम्मेदवार नरहने घोषणा

काठमाडौं । स्ववियू निर्वाचनका लागि अनेरास्ववियु आरआर क्याम्पस कमिटीका सहसचिव उमेश लामाले उम्मेदवारी नदिने घोषणा गरेका छन्। चैत्र ५ गते हुने स्ववियू निर्वाचनकाे चुनावमा संगठनको तर्फबाट प्रत्यक्ष सदस्य पदमा उम्मेदवार बनाइएका लामाले गठबन्धनको कारण आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन्।

लामाले मङ्गलबार घोषणा भएको टिममा पार्टीको केन्द्रीय कमिटीले पठाएको सूचीमा आफू कोषाध्यक्ष पदको उम्मेदवार रहेको बताए। तर, क्याम्पसमा नेकपा एस निकट अनेरास्ववियुसँग एमाले निकट अनेरास्ववियुले गठबन्धन गरेपछि आफूलाई उक्त पदबाट हटाइएको उनको आरोप छ।

“मलाई संगठनकै कारण चुनावी प्रतिस्पर्धाबाट बाहिरिन बाध्य पारियो,” लामाले भने, “गठबन्धनको नाममा व्यक्तिगत स्वार्थ हाबी गरिँदा म जस्ता सक्षम साथीहरूलाई पछाडि हट्नुपरेको छ। भौगोलिक प्रतिनिधित्वको नाममा केही सीमित व्यक्तिहरूलाई मात्रै अघि सार्दा हाम्रो स्थान सुरक्षित हुन सकेन।”

उनले संगठनभित्रको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी चुनावमा कुनै पनि रूपमा सहभागिता नजनाउने बताएका छन्। लामाको निर्णयपछि आरआर क्याम्पसको विद्यार्थी राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *