स्रोत नखुलेको साढे ९ लाख रुपैयाँसहित जनकपुरबाट ४ जना पक्राउ

जनकपुर। स्रोत नखुलेको साढे ९ लाखभन्दा बढी रकमसहित जनकपुरधामबाट ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको एकडारा गाउँपालिका कोल्हुवा टोल बस्ने २४ वर्षीय सुरज मण्डल, उनका दाइ २७ वर्षीय दीपककुमार मण्डल, सर्लाहीको ब्रह्मपुरी टोल बस्ने १८ वर्षीय अरुणकुमार साह र धनुषाको जनकपुरधाम उपमहानगरपालिका १२ कुवारामपुर बस्ने ३३ वर्षीय गोविन्दकुमार खत्बे रहेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाका अनुसार सोमबार बेलुका चारैजनालाई पक्राउ गरिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले म. प्र. ०२–००७ प ८०७७ नम्बरको मोटरसाइकललाई रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक शिवमकुमार साहलाई स्रोत नखुलेको रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

सोधपुछ गर्दा उक्त रकम जनकपुरधाम–१० देवीचौकमा डेरा गरी बस्नेहरुको रहेको खुलेपछि सो स्थानमा पुगी खानतलासी गर्दा मोबाइल ५ थान, विभिन्न बैंकहरुको नगद जम्मा गरेको बैंक भौचर १५० थान, चेकबुक, पासपोर्ट ३ वटा र स्रोत नखुलेको ८० हजार १२० रुपैयाँ गरी ९ लाख ६८ हजार १२० रुपैयाँसहित चारै जनालाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *