काठमाडौं । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन २८ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ २५ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १४० रुपैयाँ ०४ पैसा र खरिददर १३९ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ८२ पैसा खरिददर १८० रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ४३ पैसा र खरिददर ९ रुपैयाँ ४७ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०७ पैसा छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal






