घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *