सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० पुग्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन १०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, साेमबार चाँदीको मूल्यमा घट्बढ भएको छैन । आज चाँदी गत आईतबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *