घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले घटेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ९० रुपैयाँ कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *