साँखु अनाथालयमा सुतिरहेका व्यक्तिमाथि टिपर खस्यो, ३ जनाको मृत्यु

काठमाडौं ।  काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको  शंकरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो । सो टहरोमा ६१ जना बस्दै आएका छन् ।
  टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी राससलाई दिए ।
सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *