नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारकाे बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal






