ओरिएण्टल इन्स्योरेन्सद्वारा सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई आर्थिक सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व अर्न्तगत नगद रु १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ ।

मष्तिस्कघातका कारण सामान्य जीबन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था गरी पिडित बच्चाहरुको उद्धार कार्य गरिरहको सामाजिक संस्था self help group for cerebral palsy nepal, ललितपुरलाई पिडित बालबच्चाहरुको शारिरिक अभ्यास गृह स्थापनाको लागि सहयोग पुगोस भन्ने हेतूले यो सहयोग रकम प्रदान गरिएको हो ।

यस कम्पनीको नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी चक्रबर्तीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा बीमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सिरीशा मारुजोला तथा बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत टी चक्रबर्तीले पिडित बच्चाहरुको सरल जीवन यापन तथा शिक्षा दिक्षाको जस्तो महान कार्य गरिरहेको सामाजिक संस्था self help group for cerebral palsy nepal लाई बिशेष धन्यवाद दिदै सानो प्रयास स्वरुप यो सहयोग उपलब्ध गर्न पाएकोमा खुशी व्यक्त गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *