बजारमा रहर दालको मूल्य घट्यो, अरू दालको कति छ मूल्य?

काठमाडौं। नेपाल खुद्रा व्यवसायी संघका अनुसार, बजारमा रहर दालको मूल्य घटेको छ। १५ दिन अघिको तुलनामा रहर दाल प्रतिकिलो १० रूपैयाँ घटेर १५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मासको दाल पनि ५ रूपैयाँले घटेर २०० रूपैयाँमा कारोबार भइरहेको छ। मुसुर दालका दुई प्रकारको मूल्य क्रमशः ५ रूपैयाँले घटेर १६५ र १५० रूपैयाँमा बिक्री भइरहेको छ।

तर, गेडा मुंग, छाटा मुंग र चनाको दालको मूल्य भने स्थिर रहेको छ। जहाँ गेडा मुंग १७० र छाटा मुंग तथा चनाको दाल १८० रूपैयाँमा कारोबार भइरहेको छ।

दालको स्वदेशी उत्पादन नगन्य मात्रामा रहेको र भारत लगायत अन्य मुलुकबाट आयात गरिँदै आएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *