आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन १८ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ७० पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ६० पैसा खरिददर १७५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ३३ पैसा र खरिददर ९ रुपैयाँ २९ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ १९ पैसा छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *