काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई सरकारले हटाउने तयारी गरेको थियो । तर, सोमबारको बैठकले घिसिङलाई हटाएको थिएन । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
मन्त्री खड्काले गत पुस २२ मा पनि ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।








