राजस्व प्रशासनमा सुधारको लागि अर्थले खोज्यो सरोकारवालाको सुझाव

काठमाडाैं । राजस्व प्रशासनमा सुधारको लागि अर्थ मन्त्रालयले सुझाव माग गरेको छ । मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेट बनाउँदा राजस्व प्रशासनमा गर्नुपर्ने सुधारबारे सुझाव दिन आग्रह गरेको छ ।

समितिले राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवम् राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा निजी क्षेत्र र सरकारी निकायलाई सुझाव दिन भनेको छ ।

मन्त्रालयले राजस्व प्रशासनमा गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिन विभिन्न सातवटा उपसमिति गठन गरेको छ । आन्तरिक राजस्व, भन्सार, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान, बैंक वित्तीय संस्था बीमा सहकारी तथा पुँजी बजार लगायत उपसमिति गठन गरेको हो ।

समितिले सुझाव बुझाउनका लागि चैत ३१ गतेसम्मको समय दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *