काठमाडौं। माघ २४ गतेदेखि बिक्री खुला गरिएको एनएमबि क्यापिटलको म्युचुअल फन्ड योजनामा आवेदन दिने आज अन्तिम दिन हो।
यो योजनामा ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्रीका लागि राखिएको हो। प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ।
जसमध्ये कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वासाधरको लागि सार्वजनिक निष्कासनमा उपलब्ध गराइएको छ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन सी–आस्वा प्राप्त बैंक र वित्तीय संस्था तथा मेरो सेयरमार्फत गर्न सकिन्छ। यो म्युचुअल फन्ड योजना १० वर्षे बन्दमुखी योजना हो।
आजको कार्यालय समयसम्म आवेदन गर्न सकिनेछ।




