काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन। प्रतियोगिताको निर्धारित तालिकाअनुसार आज खेलाडी तथा टोलीलाई विश्राम दिइएको हो।
शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो। उक्त खेलसँगै प्रतियोगिताले एक दिनको विश्राम पाएको हो।
एनपीएलका आगामी खेलहरू भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।




