सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, मन्त्री यादवको कार्यकक्ष ध्वस्त

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।  प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

मन्त्रालय रहेको भवनको चौथो तला।मा आगलागी भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो । आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ, भने खानेपानी मन्त्री प्रदिप यादवको कार्यकक्ष जलेर ध्वस्त भएको छ  ।

‘बिहान ८:४६ मा भौतिक मन्त्रालय र खानेपानी मन्त्रालय जोडिएको भवनमा आगलागी भएको थियो । खानेपानी मन्त्रालयको भवनमा क्षति पुगेको छ । नियन्त्रणमा आइसक्यो,’ उनले भने, ‘क्षतिको अरु विवरण आइसकेको छैन ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *