प्रभु बैंकको ५४ लाख ग्यारेण्टीमा छुटे रवि

रुपन्देही ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको ५४ लाख धरौटी बुझाएर छुटेका छन् ।

चितवनको साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहस गरेका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । आदलतको आदेशपछि प्रभु बैंक ग्यारेन्टी बसेको कागजात देखाएर उनी रिहा भएको भए पनि अदालतले प्रतिवादी लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भनेर भन्न सकिने अवस्था नरहेको जनाएको छ ।

आदेशमा भनिएको छ-‘ प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,००० (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनू।’

यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख ,काठमाडौँबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटी खोलेपछि उनी छुटेका हुन् । यी सबै आदालतको धरौटी रकमका लागि प्रभु बैंक नै ग्यारेण्टी बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *