वैदेशिक अध्ययनका नाममा ६ महिनामा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरियो

काठमाडौँ। वैदेशिक अध्ययनका नाममा नेपाली विद्यार्थीमा ,मार्फत् झन्दै रु ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ । अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *