काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अवधिमा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा उल्लेख छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।
यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर .३ अर्ब ११ करोड रहेको थियो ।




