काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको बताए। उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए।
उनले भने, ‘सुशासन प्रवद्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको हो। अध्यादेश संसद् छलेर भागेका छैनौं। संसदमा दर्ता भइसकेको छ। छलफल गरेरै पारित हुन्छ। विपक्षीले संसद छल्ने बद्नियत भनेपछि हाम्रो त्यस्तो छैन।’ ‘







