सेयर बजारमा २४.५० अंकको बृद्धि हुँदा ९ अर्ब ४० करोडमाथिको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा कायम भएको छ ।

आज ३२५ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । आज १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ । आज ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान् र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *