सहकारी ठगहरू लामखुट्टेझैं छटपटाउँदै छन्: महेश बस्नेत

काठमाडौं। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले तीव्र प्रतिक्रिया व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सहकारी र बैंकिङ क्षेत्रका ठगहरूलाई लक्षित गर्दै आलोचना गरेका हुन्।

बस्नेतले माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई इङ्गित गर्दै सहकारी ठगहरूले सत्ता गुमेको पीडामा छटपटाइरहेको आरोप लगाए। साथै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति इङ्गित गर्दै बैंक ठगहरूले पनि आफूलाई निसाना बनाएको दाबी गरे।

उनले लेखेका छन्, “बैंक ठगहरू, सहकारी ठगहरू, १७ हजार मान्छे मार्नेहरू, सत्ता पिपासुहरू सत्ता नपाएपछि लामखुट्टेझैं छटपटाएर एमाले, प्रधानमन्त्री केपी ओली, एमाले नेताहरू र मेरो विरुद्ध रोइलो गाइरहेका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा मैले डेंगुका लामखुट्टेलाई स्प्रे गरेझैं अलिकति प्रतिकार गरेपछि उनीहरू अहिले खैलाबैला गर्दैछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *