होटलको सीसी टिभी फुटेज उपलब्ध गराउन रास्वपा सांसद कठायतको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले संसद्को कृषि समितिले पोखरा भ्रमण गर्दा होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् । जुम्लाकी सांसद कठायतले आइतबार त्यसबारे सूचना उपलब्ध गराउन माग गर्दै समितिमा निवेदन पेस गरेकी हुन् ।

सांसद कठायतले समितिले पुस २४ गतेदेखि २९ गतेसम्म नेपालगन्जदेखि पोखरासम्मको ६ दिने अनुगमनका विषयमा समितिको बैठकमा छलफल भएको भन्दै पुस २९ गते पोखराको होटल ओपन हाउसको राति ८ बजेदेखि १० बजेसम्मको सीसी टिभी फुटेज र उक्त दिनमा भएको खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *