सेयर बजारमा १२.५८ अंकको बृद्धि हुँदा ६ अर्ब २५ करोडमाथिको कारोबार

काठमाडौं । साताको पहिलो काराेबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा कायम भएको छ ।

आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ । आज ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादीको २४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ७.३७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *