जीबी राईकाे राहदानी रद्द गर्न अदालतकाे आदेश

काठमाडाैँ । सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ।

शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमाल बेलबासेको इजलासले गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईको राहदानी रद्द गर्न आदेश दिएको हो ।

पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रतिवादी रहेका राई विदेशमा रहेको आँकलनमा उनको राहदानी रद्द गर्न अदालतले राहदानी विभागलाई आदेश दिएको हो । राईलाई पक्राउ गर्न इन्टरपोलमा रेड नोटिस जारी गर्नुका साथै नेपाल प्रहरीले पटकपटक टोलीनै विदेश पठाएपनि उनलाई पक्राउ गर्न सकेको छैन ।

प्रहरीले पक्राउ गर्न नसकेपछि राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको भए पनि  विभागले नमानेपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतलाई निवेदन गरेको थियो। सो प्रक्रियापश्चात अदालतले राईको राहदानी रद्द गर्न आदेश दिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *