कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण

झापा ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन्। उनको आँखा सुन्निएको  छ। उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ। कुटपिट गर्ने केही व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *