खानी खोला हाइड्रोपावरले डाक्यो साधारणसभा, शेयरधनीको हात खाली

काठमाडौं। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा यहि  माघ ३० गते धुम्रबराह भेन्यु, धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा  रहेको छ ।
तर सभामा लाभांशसम्बन्धी कुनै एजेन्डा राखिएको छैन।  तसर्थ यसपटक पनि शेयरधनीको हात रित्तै हुने भएको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १३ गते बुक क्लोज गर्ने भएकोले माघ १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *