


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक)को अवलोकन गरेका छन् ।
उनले आयोजनाको काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएको हुन् ।
निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले शुक्रबार आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।
Artha Sanjal

अर्थ सन्जाल