राष्ट्रपति पौडेलले गरे निर्माणाधीन फास्ट ट्र्याक अवलोकन

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक)को अवलोकन गरेका छन् ।

उनले आयोजनाको काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएको हुन् ।

निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले शुक्रबार आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *