रास्वपाको कार्यबाहक प्रवक्तामा प्रतिभा रावल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यबाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता प्रतिभा रावललाई तोकेको छ ।

कार्यबाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त भएकाले रावललाई उक्त जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । उनलाई माघ ३ देखि ३० गतेसम्मका लागि कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जिम्मेवारी तोकेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *