


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यबाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता प्रतिभा रावललाई तोकेको छ ।
कार्यबाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त भएकाले रावललाई उक्त जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । उनलाई माघ ३ देखि ३० गतेसम्मका लागि कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जिम्मेवारी तोकेका हुन् ।
Artha Sanjal

अर्थ सन्जाल