सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

काठमाडौं । सिद्धार्थ बैंकले  नगद लाभांश आफ्ना सेयरधनीहरु  खातामा जम्मा गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।
बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र उक्त  लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।
बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *