


काठमाडाैं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ। सेसनमा २.६९ अंक बढेर २५९८.६६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५३ स्टकको ११८ पटकको कारोबारमा ३ करोड ५६ लाख १४ हजार ६५१ रुपैयाँ ३० पैसाबराबरको ५५ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal

अर्थ सन्जाल